काठमाडौं । आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिरिसक्ने नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानको योजना प्राधिकरणले बनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी दुवै विमानथलको ऋण तिर्न क्यान समक्ष रहेको बताएका हुन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कमाइबाट ऋण तिर्न कठिन भएपनि देशभरका अन्य विमानस्थलवाट क्यानले गर्ने आम्दानीवाट ऋण तिरिने महानिर्देशक अधिकारीले बताए ।
२०३२ सालदेखि पोखरामा विमानस्थल बनाउने भनेर जग्गा अधिग्रहण गरिएको थियो । पूर्णरुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूरा हुँदा १३ अर्ब ऋण तिर्न बाँकी रहेको छ । समग्र अर्थतन्त्र चलायमान हुन नसक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई असर परेको क्यानको भनाइ छ ।
भौतिक संरचना भव्य बनेकाले आगामी दिनमा विमानस्थल प्रभावकारी हिसावले चल्नसक्ने र राम्रो कमाउन सक्ने क्यानको दाबी छ ।