समाज

जेनजीद्वारा कफ्र्यु आदेश अवज्ञा गर्दै बिहानैदेखि प्रदर्शन

जेनजीद्वारा कफ्र्यु आदेश अवज्ञा गर्दै बिहानैदेखि प्रदर्शन

काठमाडौं । नयाँ पुस्ताका युवा जेनजीहरुले कफ्र्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन शुुरु गरेका छन् । 

उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् । हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । 

बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ । यसैगरि काठमाडौंको चक्रपथ सहित कलंकी आसपास क्षेत्रका पनि बिहानैदेखि प्रदर्शन भैरहेको छ । कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन भैरहेको हो । 

ललितपुरस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवासमा प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको निवासमा पनि आक्रमण भएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *