समाज

अंग्रेजलाई हराएको सम्झनामा आज पाल्पामा भगवतीको रथयात्रा निकालिँदै

अंग्रेजलाई हराएको सम्झनामा आज पाल्पामा भगवतीको रथयात्रा निकालिँदै

पाल्पा । नेपाल अंग्रेज युद्धको सम्झनामा आज पाल्पाको तानसेनमा भगवती रथयात्रा निकालिदै छ । 

आज तानसेन भगवतीटोलमा अवस्थित मन्दिरबाट रथयात्रा शुुरु हुनेछ । भगवतीलाई नवमीका दिन नगरपरिक्रमा गराउनुका साथै रथलाई तीन पटकसम्म मन्दिर घुमाउने प्रचलन छ । 

नेपाल अंग्रेज युद्धमा तत्कालीन कर्णेल उजीरसिंह थापाले नुवाकोट जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको खटयात्रा २०६ वर्षदेखि निरन्तर निकालिदै आएको छ ।

राष्ट्रियतासँग जोडिएको रणउजिरेश्वरी भगवतीको तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट पाल्पाको नुवाकोट जीतगढीमा जोगाएको सम्झनामा खटयात्रा निकालिदै आएको छ । 

तत्कालीन नेपाली सेनाका पाल्पा कमाण्डर कर्णेल उजिरसिंह थापाले युद्धमा जानुअघि युद्ध जितेमा तीनतले मन्दिर बनाइ भगवतीको सिन्दुरजात्रा गर्ने भाकल गरेको किंवदन्ती छ । युद्धमा विजयी भएपछि कर्णेल थापाले विसं १८७७ देखि कृष्ण जन्माष्टमीको भोलिपल्ट विजय उत्सवस्वरुप भगवती जात्रा मनाउन थालेको र सोही परम्परा हालसम्म चल्दै आएको हो । 

जात्राका अवसरमा प्रदेश सरकारले आज पाल्पामा सार्वजनिक बिदासमेत दिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *