समाज

फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता नपाउँदा भोजपुरको स्थानीय समस्यामा

फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता नपाउँदा भोजपुरको स्थानीय समस्यामा

भोजपुर । फुसको छानो हटाउने कार्यक्रमको दोस्रो किस्ता वापतको रकम नपाउँदा भोजपुरको टेम्केमैयुङ–९ लेखर्काका स्थानीय समस्या परेका छन् । 

सम्झौता पश्चात पहिलो किस्ताको रकम पाएका स्थानीयले दोस्रो किस्ता नआएपछि समस्या भोगिरहेका हुन् । 

सम्झौता अनुसार पहिलो किस्ता लिएपछि छानो फेरेका वडाका १२५ परिवारले हालसम्म दोस्रो किस्ता वापतको स्थानीय तहले जनाएको छ ।

स्थानीयको समस्याको बारेमा आफूले मन्त्रालयसम्म पुगेर जानकारी गराएको भएपनि सुनुवाइ नभएको उनीहरुको भनाइ छ । 

सघन शहरी कार्यालयमार्फत पाउनु पर्ने ७५ हजार मध्ये लाभग्राहीले पहिलो किस्ता वापत ४५ हजार पाएको भए पनि दोस्रो किस्ता वापतको ३५ हजार अझै नपाएको लाभग्राहीको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *