मुख्य समाचार

सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो संसद अवरोध

सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो संसद अवरोध

सुन प्रकरणबारे छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै बुधबार एमालेले संसद अवरोध गरेको छ।प्रतिनिधि सभाको बुधबारको बैठक सुरू हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए। लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन्। गिरीले  सुन प्रकरणबारे छानबिन गर्न माग गर्दै गृहमन्त्रीको राजीनामा मागेका छन्।

उनले भने- ‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ, ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने? गृहमन्त्री पदमा बस्न योग्य हुनुहुन्न। गृहमन्त्रीले राजीनामा दिनुपर्छ।’

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *