मुख्य समाचार

प्रतियोगितामा खेलाडी सम्बन्धित देशले निर्धारण गर्ने विषयप्रति आईओसीको आपत्ति

प्रतियोगितामा खेलाडी सम्बन्धित देशले निर्धारण गर्ने विषयप्रति आईओसीको आपत्ति

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ‘आईओसी’ले सरकारी अथवा राजनीति हस्तक्षेपले अन्तर्राष्ट्रिय खेलकुद समाप्त हुने जनाएको छ । खेल प्रतियोगितामा खेलाडीको सहभागिता सम्बन्धित देशले निर्धारण गर्ने विषयप्रति आईओसीले आपत्ति जनाएको हो । आईओसीले द्वन्द्वग्रस्त राष्ट्र युक्रेनसहित रुस र बेलारुसका खेलाडीलाई अन्तर्राष्ट्रिय खेलकुदमा पुनरागमन गराउन सहजकर्ताका भूमिका निर्वाह गर्दै आएको छ । त्यसमा रुस र बेलारुसले आपत्ति जनाएपछि आईओसीको पछिल्लो भनाइ आएको हो । आईओसीले रुस र बेलारुसलाई ओलम्पिकमा सहभागिता जनाउनका लागि तटस्थ झन्डामुनि रहेर खेल्ने वातावरण बनाइरहेको समयमा पछिल्लो धारणा सार्वजनिक भएको हो । युरोपेली मुलुकले भने दुबै देशका खेलाडीलाई प्रतिबन्ध लगाउन दबाब दिइरहेका छन । युक्रेनले आईओसीले दोहोरो चरित्र निभाएको आरोप लगाएको छ । युक्रेनले रुस तथा बेलारुसका खेलाडी पेरिस ओलम्पिक २०२४ मा सहभागी भए आफूहरू समावेश नहुने चेतावनी दिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *