मुख्य समाचार

काठमाण्डौभित्र कक्षा ११ मा दिने छात्रवृत्ति महानगर आफैँले छनोट गर्ने

काठमाण्डौभित्र कक्षा ११ मा दिने छात्रवृत्ति महानगर आफैँले छनोट गर्ने

काठमाण्डौ महानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा निजी विद्यालयले दिने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने भएको छ । नगर प्रमुख बालेन्द्र शाहले महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीका लागि वितरण गर्ने छात्रवृत्तिका लागि आफैँले विद्यार्थी छनोट गर्ने जानकारी दिएका हुन । परीक्षाबाट सामुदायिक विद्यालयमा अध्ययन गरेका, जेहेनदार, पिछडिएको क्षेत्र, आदिवासी जनजाति, गरिब आदि आधार तयार गरी योग्यताक्रमका आधारमा छात्रवृत्ति पाउने विद्यार्थी छनोट गर्ने उनले बताएका छन । यसरी छनोट गरेका विद्यार्थीलाई निजी विद्यालयहरुले छात्रवृत्तिमा पढाउनुपर्नेछ । यस अघि गएको शाहले निजी विद्यालयलाई सरकारी विद्यालयले सरह शिक्षकलाई तलब सुविधा दिन निर्देशन दिएका थिए । सरकारी सरह तलब नदिए उजुरी गर्न निजी विद्यालयका शिक्षकहरुलाई उनको आग्रह छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *