समाज

देशका केही ठाउँमा भारी वर्षा,  बाढी पहिरोको कारण यी राजमार्ग अवरुद्ध

देशका केही ठाउँमा भारी वर्षा,  बाढी पहिरोको कारण यी राजमार्ग अवरुद्ध

काठमाडौं । मनसुन सक्रिय हुँदा बिहीबार रातिदेखि देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भैरहेको छ । 

राति दैलेख र कास्कीसँगै बर्दिया, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोक, उदयपुर र गोरखामा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । झापामा पनि ठूलो पानी परेको छ । 

यस्तै, दैलेखेको दैलेख वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना औल्याइएको छ । लमजुङको खुदी बजार, लुम्ले, भुजुङ  वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको र ती क्षेत्र भई बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

बर्दियाको मनपुर, दाङको गङगढी, कास्कीको घलेखर्क र आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ । आचज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै र बाँकी पहाडी भू भागका केही ठाउँहरुमा तथा मधेश प्रदेश र बाँकी तराई भू भागगका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । 

वर्षाकै कारण पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६, जहरे खेतमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । यस्तै, धादिङकै थाक्रे गाउँपालिका–७, सातकिलोमा पनि पहिरो खस्दा सडक एकतर्फी सञ्चालन भइरहेको छ । 

बुटवल पाल्पा सिद्धार्थ राजमार्ग सिद्धबाबा नजिक पहिरोजादा अवरुद्ध भएको छ । बिहीबार राती पाल्पाको तिनाउ गाउँपालिका ३ सिद्धबाबा मन्दिर नजिक हेडबक्सस्थित सडकमा माथिबाट पहिरो खसेपछि सडक दुबैतर्फ पुर्ण रुपमा अवरुद्ध भएको छ । 

यस्तै, दैलेख आठबिस नगरपालिका–४ खिड्कीज्युला नजिकै कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ उल्लीखोलास्थित रुद्रवेणी–वामी सडकखण्ड पनि अवरुद्ध भएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *