रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा ३० करोडको लागतमा नेपालकै ठूलो अर्गानिक मल उद्योग सञ्चालनमा आएको छ ।
ग्रो मोर फर्टिलाईजर एण्ड केमिकल प्रालीले “रत्नम दानेदार अर्गानिक मल”को उत्पादन करिब १ वर्ष अघि देखि शुुरु गरेको थियो ।
उत्पादन गरि परिक्षणको लागि बजार पठाएको र लुम्बिनी प्रदेश, कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सूचिकृत समेत भएपछि मल उद्योग औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ ।
भैरहवा निवासी सिद्धार्थ अग्रवाल र उनकी पत्नी पूनम कुमारी अग्रवालको संयुक्त लगानीमा स्थापना गरिएको उद्योगले रत्नम अर्गानिक दानेदार मलको व्यवसायिक उत्पादन थालेको छ ।
दैनिक दुई सय मेट्रिक टनसम्म मल उत्पादन गर्ने क्षमता उद्योगले राख्ने जनाइएको छ ।