काठमाडौ। जेनजी आन्दोलनका कारण अवरुद्ध सुदूरपश्चिमका सीमा नाकाहरू पुनः सञ्चालनमा आएका छन् । नेपालबाट भारत जाने नागरिकहरूलाई अहिले नागरिकता लगायत परिचयपत्रका साथ जान दिएको छ। भारततर्फ रोजगारीका लागि जाने नेपालीहरूलाई निकै समस्या भएको थियो भने आजबाट सहज भएको नेपाली नागरिकहरू बताउछन ।
सोमबारदेखि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर–गौरीफन्टा, बैतडीको झुलाघाटसहितका प्रमुख सीमा नाकाहरू पूर्ण रूपमा खुलेका हुन । नाकाहरू खुल्नासँगै लामो समयदेखि दुवै देशबीच ओहोरदोहोरमा समस्या भोगिरहेका यात्रु तथा व्यापारीलाई राहत मिलेको छ ।