मुख्य समाचार

ताप्लेजुङका किसान अलैँची ग्रेडिङ गरेर बिक्री गर्ने तयारीमा

ताप्लेजुङका किसान अलैँची ग्रेडिङ गरेर बिक्री गर्ने तयारीमा

ताप्लेजुङ । ताप्लेजुङका किसानहरूले अलैँचीलाई ग्रेडिङ गरेर बिक्री गर्ने तयारी थालेका छन् । 

ग्रेडअनुसार अलैँची बिक्री गर्दा राम्रो मूल्य पाइने भएकाले उनीहरु व्यवस्थित तरिकाले उत्पादन छानफान गरेर बजारमा पठाउने योजनामा जुटेका हुन् । हालै कामाक्षा एग्रो एण्ड इन्जिनियरिङ्ग प्रा.लि.ले ताप्लेजुङका विभिन्न स्थानहरूमा अलैँची ग्रेडिङ मेसिनहरूको नमुना परीक्षण गरेको छ । 

प्रा.लि.ले उत्पादन गरेको गोलाकार अलैँची ग्रेडिङ मेसिनले घण्टामा २६९ केजीसम्म ग्रेडिङ्ग गर्न सक्ने क्षमता राख्ने बताइएको छ । विद्युत आवश्यक नपर्ने भएकाले ग्रामीण क्षेत्रका किसानका लागि यो मेसिन उपयोगी हुने कम्पनीको दाबी छ । 

किसानहरूले अलैँचीलाई ठूला, मध्यम र साना ग्रेडमा विभाजन गरेर बिक्री गर्ने योजना बनाइरहेका छन् । ग्रेडअनुसार मूल्य फरक हुने भएकाले राम्रो आम्दानीको आशा गरिएको छ । कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार हाल जिल्लामा चार हजार ३०४ हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ । 

उत्पादनमा गिरावट आए पनि गुणस्तर सुधार गरी बजारमा प्रतिस्पर्धी बन्ने प्रयास स्वरूप किसानहरू ग्रेडिङ प्रणाली तर्फ उन्मुख भएका हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *