Siddarth bankविज्ञापन
समाज

भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने

भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने

काठमाडौं । सरकारले यही भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ ।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसन मार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । 

सरकारले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगतका वर्षमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णय अनुसार खाद्य व्यवस्था कम्पनीले दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले उपत्यकासहित देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने छ । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार खाद्य कम्पनीबाट सञ्चालन हुने सहुलियत मूल्य पसलबाट विभिन्न खाद्यवस्तुमा प्रतिकेजी दुई रुपैयाँदेखि १० रुपियाँसम्म छुट दिइने छ । साल्ट टे«डिङ कर्पोरेसनले उपत्यकामा ११ स्थान र तीन मोबाइल भ्यानसहित गरी १४ स्थानमा सहुलियत मूल्य पसल सञ्चालनको तयारी गरेको छ । 

कर्पोरेसनले चिनी प्रतिकेजी पाँच रुपैयाँ, नुन प्रतिकेजी दुई रुपैयाँ, खानेतेल, चामल, चिउरा र पिठोलगायतमा प्रतिकेजी सात रुपैयाँका दरले छुट गरेको जनाएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *