बागलुङ । बागलुङको निसेलढोर गाउँमा विद्युत नपुग्दा स्थानीय अहिले पनि अन्धकारमा बस्न बाध्य छन् ।
निसीखोला गाउँपालिका–५ स्थित यस गाउँमा झण्डै ३ सय घरमा स्थानीय बसोबास गर्छन् । फाट्टफुट्ट केही घरमा सोलार प्यानलमार्फत विद्युतीय सुविधा लिए पनि अधिकांश स्थानीय टुकी र दियालोकै भरमा रहेका छन् ।
स्थानीय हाइड्रोपावरबाट तार तानेर विद्युत लैजाने भनिए पनि काम हुन सकेको छैन । गाउँमा विद्युत नहुँदा अन्धकारमै रात बिताउँनुका साथै सञ्चारमाध्यमको पहुँचबाट टाढा हुनु पर्ने अवस्था छ ।
निसेलढोरमा विद्युत पर्याउनका लागि केन्द्र र प्रदेश सरकारसँग निसीखोला गाउँपालिकाले सहकार्य गरि रहेको गाउँपालिकाले जनाएको छ ।
नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन भित्र पर्ने निसेलढोरमा खानेपानी, सडकको पहुँच पुगे पनि अहिलेसम्म विद्युतको सुविधा पुग्न सकेको छैन ।