समाज

पहिरोकोे कारण अवरुद्ध  नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

पहिरोकोे कारण अवरुद्ध  नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । सुक्खा पहिरोको कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

आज बिहान साँढे  ६ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएपछि बिहान ८ बजेबाट सडक दुवैतर्फ सञ्चालनमा आएको हो ।

यद्यपि ढुंगा खस्ने क्रम कायमै रहेकोले उक्त सडक भएर आवतजावत गर्ने सर्वसाधरणलाई  सावधानी पूर्वक यात्रा गर्न आग्रह गरिएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *