काठमाडौं । शुक्रबार साँझदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका–१२ कालाखोलामा सडकमाथिबाट पहिरो खस्दा शुक्रबार साँझ ७ बजेदेखि पूर्णरुपमा अवरुद्ध करिडोर आज बिहान १० बजेदेखि सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार कोरिडोर अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको यातायात बिच्छेद भएको थियो ।
