मुख्य समाचार

एनभीए भलिबलमा त्रिभुवन आर्मीको लगातार दोस्रो जित

एनभीए भलिबलमा त्रिभुवन आर्मीको लगातार दोस्रो जित

सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा आर्मीले दावाली मिलन क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । आर्मीले दावालीलाई पहिलोमा २५–१९, दोस्रोमा २५–११ र तेस्रोमा २५–२० ले पराजित ग¥यो । पहिलो खेलमा आर्मीले शैलुङ बागढुङ्गा क्लबलाई ३–० ले पराजित गरेको थियो । अर्को खेलमा टिपटप हेल्प नेपालले सैलुङमाथि २५–१२, २५–१५ र २५–१९ को सहज जित हात पारेको छ । सैलुङले सोमबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । त्यस्तै टिपटप हेल्प नेपालको भने यो पहिलो खेल हो । हेल्प नेपालले सोमबार दावाली मिलसँग खेल्नेछ । आज महिलातर्फ दिउँसो दुई बजे एपिएफ र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो चार बजे न्यु डायमन्ड र एभरेष्ट क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेलमा आर्मी र पुलिसबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *