समाज

नेपालमा १५ दिनअघि नै मनसुन भित्रियो

नेपालमा १५ दिनअघि नै मनसुन भित्रियो

काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन भित्रिएको छ । 

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाइएको छ । 

मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै नेपालमा मनसुन भित्रिएको हो । 

विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ  ।

महाशाखाका अनुसार मनसुनबाट सबैभन्दा बढी लुम्बिनी प्रदेशवासी प्रभावित हुनेछन् । यसैबीच महाशाखाले मनसुनबाट हुन सक्ने क्षति न्युनिकरणका लागि सबैलाई सतर्क रहन अपिल गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *