मुख्य समाचार

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

मलेसियालाई हराउँदै नेपाल फाइनलमा

काठमाडौं । नेपाल एसिसी मेन्स सोह्र वर्षभन्दा मुनीको इस्ट जोन कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । 

आज भएको खेलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै साविक विजेता नेपालले फाइनलमा स्थान बनाएको हो । मलेसियाले दिएको ९१ रनको सामान्य लक्ष्य नेपालले ११.४ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा परिमार्जन यादवले अविजित ५९ रनको योगदान दिए । शिवान्श बजगाईंले २३ र प्रसिद्ध जैसीले २ रन बनाए । मलेसियाका लागि नागिनिश्वरमले १ विकेट लिए । त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसियाले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रन बनायो । 

मलेसियाका मोहम्मद फतुलले सर्वाधिक ३८ र कप्तान डिज पार्तोले १० रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका अभय यादवले ४, शुभम खनालले ३ तथा कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले १–१ विकेट लिए । 

अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । इस्ट जोन कपको फाइनल खेल शनिबार हुनेछ । गत संस्करणको फाइनलमा नेपालले मलेसियालाई २ सय २१ रनले हराएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *