समाज

तानसेनमा अनुगमनका क्रममा अधिकांश सामग्री म्याद गुज्रिएको फेला

तानसेनमा अनुगमनका क्रममा अधिकांश सामग्री म्याद गुज्रिएको फेला

पाल्पा । पाल्पाको तानसेनमा रहेका अधिकांश पसलमा झुण्डाएर राखिएका लेज, कुरकुरे, चिजबल लगायतका सामग्रीहरु उपभोग मिति सकिएको भेटिएका छन ।

जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला निकायले गरेको अनुगमनका क्रममा झुण्डाएर राखिएका अधिकांश सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिएको हो । 

अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता नभएको, मुल्य सूची नराखी मनपरी दररेटमा सरसामान विक्रि हुदै आएको, दर्ता भएका पसलहरु पनि लामो समयसम्म नविकरण नभएको पाइएको छ । टोलीले खाधान्य पसल, किरान पसल बेकरी उधोग होटल रेष्टुरा, डिपार्टमेन्टल स्टोर गरी करीव ३२ पसलहरुमा अनुगमन गर्दा भेटिएका मिति गुज्रिएका र अखाद्य सामग्री नियन्त्रणमा लिएर नष्ट गरेको छ । 
 
उपभोग्य मिति सकिएका खानेकुरा खाँदा झाँडा पखाला लाग्ने, पेटगडवढी भई विमारी हुने, शरिरमा विभिन्न किसिमको नकारात्मक असर पर्ने समस्या देखिने गर्दछ । अनुगमन टोलीले अब उप्रान्त म्याद गुज्रिएका सामग्री नराख्न र पसलहरु दर्ता र नविकरण गर्न निर्देशन दिएको छ । 

निर्देशन अटेर गरे कानून बमोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *