समाज

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि, बिरामी बढेपछि अस्पतालमा शैय्याको अभाव

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि, बिरामी बढेपछि अस्पतालमा शैय्याको अभाव

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । 

हैजाको संक्रमण पहिचानका लागि गरिएको तीव्र निदानात्मक परीक्षणमा ४० जनामा पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत धनी सिँहले जानकारी दिएका छन् । 

हैजा फैलिएको आशङ्कामा गरिएको तीव्र निदानात्मक परीक्षणमा झाडापखालाका बिरामीहरू कोलरा पोजिटिभ देखिन थालेपछि महानगरको स्वास्थ्य शाखाले संक्रमण प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । 

टोलीले सूचना संकलन तथा रोगबाट बच्ने चेतना अभिवृद्धिका काम गरिरहेको छ । यता झाडापखालाका रोगीको सँख्या बढदै गइरहेकाले अस्पतालमा उपचारका लागि शय्या अभाव भएको छ । नारायणी अस्पतालमा एउटै बेडमा दुई जनाको उपचार गर्नु परिरहेको अस्पतालका चिकित्सकहरूले बताए । 

दूषित पानी वा खाना सेवन र सरसफाइको कमीका कारण हैजा रोगको संक्रमण देखिने गर्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *