समाज

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश

भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौं । भक्तपुरमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी भएको छ। 

जिल्ला प्रशासन कार्यालय भक्तपुरले भक्तपुरमा बिहान साढे ८ बजेबाट अनिश्चितकालीन कर्फ्यु लागेको हो ।

अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन बमोजिम जिल्लाका विभिन्न क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुर सूचना जारी गर्दै जिल्लाको मध्यपुर थिमी, सूर्यविनायक, चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाभित्र आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्यु आदेश जारी गरेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *