बारा । खेती लगाउने समयमा बारामा किसान मल नपाएर चर्को मुल्यमा किन्न बाध्य छन् ।
सहकारीहरूले मलमा कालो बजारी गरेका कारण महंगोमा मल किन्नुपरेको किसानको गुनासो छ । यूरिया प्रति बोरा १५ सय, डिएपी ३५ सय प्रतिबोरा किन्न बाध्य भएको किसानको भनाइ छ ।
कृषि सामाग्री कम्पनीले बारामा रहेका २ सय ५० सहकारी र डिलरलाई यूरिया प्रति बोरा ७ सय ८२ रुपैया ५० पैसा र डिएपी २२ सय ३२ रुपैया ५० पैसामा वितरण गरेको दाबी गरेको छ ।
यो बर्ष समयमा रोपाइँ नभएको र मल पनि अभाव रहेकाले धान उत्पादन घट्ने किसानको चिन्ता छ । बारामा करिव ४८ हजार ८ सय ८० हेक्टर भन्दा बढी क्षेत्रफल कृषियोग्य जमिन रहेको छ ।