मुख्य समाचार

बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन: बाबुराम भट्टराई

बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन: बाबुराम भट्टराई

 

पुर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको बताएका छन् । आज सामाजिक सञ्जालमा उनले ललितता निवास प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि उनले स्पष्टीकरण दिएका हुन ।  राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय  मात्रै आफ्नो पालामा भएको भट्टराईले उल्लेख गरेका छन । सो कुरा आफूले  अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनिसकेको त्यसबाहेक आफूले केही निर्णय नगरेको भट्टराईको दाबी छ । बालुवाटार जग्गाप्रकरणमा आफूर निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको उनको दाबी छ । भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको बताउँदै उनले यसमा आफू आजीवन प्रतिबद्ध रहेको भट्टराईले उल्लेख गरेका छन । ललिता निवास र यस्तै प्रकारका अरु प्रकरणको पनि छिटो टुंगो लाग्नुपर्ने उनले बताएका छन् । पूर्व प्रधानमन्त्री भट्टराईले कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस् भन्ने कुरामा सचेत रहनुपर्ने धारणा पनि राखेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *