समाज

नयाँ ढंगले मुलुकमा मल कारखाना स्थापना हुन्छः प्रधानमन्त्री ओली

नयाँ ढंगले मुलुकमा मल कारखाना स्थापना हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा नयाँ ढंगले मल कारखाना स्थापना हुने बताएका छन् । 

प्रतिनिधि सभाको आईतवारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशमा मल कारखाना आवश्यक छ भन्नेमा सरकार स्पष्ट रहेकाले नयाँ ढंगले कारखाना खोलिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले  नयाँ विधिबाट स्थापना हुने कारखानाले फोहोरमैलाको समेत व्यवस्थापन गर्ने जानकारी दिदैं मलखाद कारखानाको बारेमा सरकारले योजना बनाइरहेको उल्लेख गरे ।  

मलखाद बनाउने फर्मुलाको सन्दर्भमा अहिले धेरै भनिरहनु भन्दा कारखाना बनाउनेतर्फ ध्यान दिने पनि प्रधानमन्त्रीले प्रष्ट पारे ।  
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *