समाज

यस वर्ष दशैंको टीका साइत ११ बजेर ५३ मिनेटमा

यस वर्ष दशैंको टीका साइत ११ बजेर ५३ मिनेटमा

काठमाडौं । यस वर्षको बडा दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

विजया दशमीका दिन बिहान ९ बजेर २३ मिनेटदेखि देवी विसर्जनको साइत रहेको छ । टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशा फर्किनुपर्ने जनाइएको छ । 

२०८२ सालको बडादशैं असोज ६ गतेदेखि शुुरु हुँदैछ । ६ गते घटस्थापनाको उत्तम साइत बिहान ९ बजेर १३  मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । 

असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७ बजेर १७ मिनेटमा र स्थिरासन बिहान ९ बजेर २३ मिनेटमा तोकिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *