मुख्य समाचार

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१ साउनदेखि ०८२ जेठ मसान्तसम्म ७१ करोड ८७ लाख ८४ हजार रुपैयाँको १ करोड ४३ लाख ५५ हजार १ सय ३६ किलो कोदो आयात भएको हो । 

यसबाट ५  करोड ४० लाख ४ हजार रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । कुल कोदो आयातमध्ये ४ लाख ८५ हजार रुपैयाँको ८ हजार ६ सय ९५ किलो बीउको रूपमा भएको पनि विभागले जनाएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *