समाज

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि हस्तकला लगायतका व्यवसायमा असर

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि हस्तकला लगायतका व्यवसायमा असर

काठमाडौं । सरकारले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगायत २६ सामाजिक सञ्जाल बन्द गरेपछि हस्तकला लगायतका व्यवसायमा असर परेको छ । 

नेपाल हस्तकला महासंघका अनुसार सामाजिक सञ्जाल बन्दले हस्तकला निर्यात र व्यवसायमा ३० देखि ४० प्रतिशतसम्म असर परेको हो । आफ्ना कला, सिप र सिर्जना फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगायत समाजिक सञ्जालबाटै प्रचार–प्रसार गरी आम्दानी गर्ने हस्तकला व्यवसायीहरुलाई सरकारको निर्णयले असर पुर्‍याएको हो । 

नेपाली संस्कृति झल्कने हस्तकलाका सामग्री सामाजिक सञ्जाल मार्फत नै अर्डर भएर अमेरिका, जर्मनी, अस्ट्रेलिया, इटाली लगायतका देश पुग्ने गरेका छन् ।

सरकारले प्रतिवन्ध लगाएपछि अन्तर्राष्ट्रिय तथा स्थानीय ग्राहकसँग सम्बन्ध विच्छेद भएपछि मागमा ४० प्रतिशत गिरावट आइसकेको व्यवसायीहरुको गुनासो छ । 

व्यवसायीहरुले व्यावसायिक सञ्चारलाई सहज बनाउन र अर्थतन्त्रमा नकारात्मक असर पर्नबाट रोक्न सामाजिक सञ्जाल प्ल्याटफर्मलाई चाँडोभन्दा चाँडो नियमन गरी सञ्चालनमा ल्याउन माग गरेका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *