काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ सय रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २३०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज बढेर तोलामा २३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।