समाज

गृहका सहसचिव तीर्थराज भट्टराई पक्राउ

गृहका सहसचिव तीर्थराज भट्टराई पक्राउ

काठमाडौं ।  गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत रहेका भट्टराई मंगलबार बेलुकामात्र गृह मन्त्रालयमा सरुवा भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिमान स्थलको आज अध्यागमनमा छापा मारेको थियो । उनलाई अख्तियारले  नियन्त्रणमा लिएको हो । 

स्रोतका अनुसार भट्टराईले  मानव तस्करीको गिरोहसँग साँठगाँठ गरेर भिजिट भिसामा युएइको दुबई लगायत बिभिन्न देशमा पैसा लिएर मानिस पठाउन सहयोग गरेको उजुरी अख्तियारमा परेको थियो । यही बिषयलाई लिएर अख्तियारले उनलाई पक्राउ गरेको हुनसक्ने आशंका गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *