समाज

जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट घर खर्च

जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट घर खर्च

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन । 

दिनमा  तीन सयदेखि  सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेकी हुन् । 

खासै लगानी गर्नुनपर्ने र नजिकैको जंगलमा पाइने भएकाले उनलाई घरखर्च चलाउन सहज भएको छ । उनले नगुरो रामधुनीको जङ्गलभित्रबाट टिपेर ल्याई रामधुनी मन्दिर नजिकै सडक छेउमा दिनभर बेच्ने गरेकी छिन । 

तीन वर्ष अगाडिदेखि निगुरो बेच्न शुुरु गरेकी उराँवले दशैं, तिहारको समयमा भने बढी आम्दानी हुने गरेको बताइन् । चैतदेखि असोज, कात्तिकसम्म निगुरो टिप्ने मौसम हो । बराहक्षेत्र क्षेत्रमा सरिता उराँव जस्ता धेरै परिवारका लागि जङ्गलबाट निगुरो सङ्कलन गरी आयआर्जनको प्रमुख स्रोत बनेको छ । 

जङ्गलमा पाइने यस्ता अग्र्यानिक वनस्पतिले सिजन अनुसार स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *