समाज

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा ७३ हजार बिरामीले लिए स्वास्थ्य सेवा

प्रदेश अस्पताल पर्वतमा एक वर्षमा ७३ हजार बिरामीले लिए स्वास्थ्य सेवा

पर्वत । प्रादेशिक अस्पताल पर्वतले गत वर्ष ७३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ । 

अस्पतालबाट आर्थिक वर्ष  ०८१/०८२ मा ७३ हजार ५ सय ६४ जनाले उपचार सेवा पाएका हुन् । अस्पतालमा सेवा विस्तार गरिएपछि उपचारका लागि पुग्नेको संख्या बढेको छ । अस्पताले आकास्मीक सेवा ९ हजार ४ सय ५१ जनालाई दिएको जनाएको छ । 

त्यस्तै, अस्पतालमा २५ सय ३१ जना नयाँ बिरामी थपिएका छन् । २ सय ८ जनाले प्रसुती सेवा लिएका छन तिमध्ये ९३ जनाको शल्यक्रिया गरिएको छ । त्यस्तै, २४ सय ३९ पटक मृगौला रोगीलाई डायलाइसिस सेवा अस्पतालले दिएको छ । 

अस्पतालमा हाल ६ जना विशेषज्ञ चिकित्सक सहित एक सय  १६ जना कार्यरत छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *