समाज

आईतवारदेखि टि—टेन क्रिकेट हुने

आईतवारदेखि टि—टेन क्रिकेट हुने

‎काठमाडौं । तीन विश्वविद्यालयका टोलीले खेल्ने डम्बर धामी स्मृति टि—टेन क्रिकेट प्रतियोगिता आईतवारदेखि हुने भएको छ । 

‎नेपालका तीन विश्वविद्यालयका कुल १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता आईतवारदेखि हुन लागेको हो ।

प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको  क्रिकेट मैदानमा सञ्चालन हुनेछ । अनेरास्ववियु पूर्वाञ्चल विश्वविद्यालय राष्ट्रिय कमिटीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको बारे जानकारी दिएको हो । 

जेठ ८ गतेसम्म हुने यस प्रतियोगितामा १२ टिमलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा हुनेछन् । प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। 

प्रतियोगिताको इन्ट्रीफी १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ । उक्त कमिटीले डम्बर धामीको स्मृतिमा उक्त खेल गर्न लागेको हो । डढेलधुराको धामी गत साल मंसिरमा जिप दुर्घटनामा घाइते भई उपचारको क्रममा स्वर्गारोहण भएको थियो ।

उनी हिस्ट इन्जिनियर कलेजबाट आफ्नो इन्जिनियरको पढाइ सकाएको केही समयपछि दुर्घटना परेका हुन् ।

 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *