Siddarth bankविज्ञापन
मुख्य समाचार

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

अदालतको अवहेलनामा हसिनालाई ६ महिनाको जेल सजाय

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । 

सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन भएकी थिइन् । उनले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गरेकी थिइन । अदालतको फैसलापछि मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले बङ्गलादेश पुगेको दिन वा अदालतमा आत्मसमर्पण गरेकै दिन सजाय भुक्तान हुने बताए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुद्दा अभियोजनकर्ताले पूर्वप्रधानमन्त्रीलाई सत्ताबाट हटाइएपछि उनले गरेको टिप्पणीमा केन्द्रित थियो, जुन उनीहरूले जारी अदालती सुनुवाइमा साक्षीहरूलाई धम्की दिएको बताएका थिए । प्रतिबन्धित अवामी लिगका देशबाहिर रहेका अर्का नेता शकिल अकाण्डा बुलबुललाई सोही मुद्दामा दुई महिनाको जेल सजाय सुनाइएको थियो । 

संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्षको जुलाईदेखि अगष्टसम्ममा हसिनाको सरकारले सत्तामा टिक्न असफल प्रयासस्वरुप प्रदर्शनकारीमाथि कारबाही गर्न आदेश दिएपछि एक हजार ४०० जनाको मृत्यु भएको थियो ।

जुन १ देखि शुुरु भएको अर्को सुनुवाइमा अभियोजनकर्ताहरूले हिंसाका लागि हसिनाले समग्र कमाण्डको जिम्मेवारी लिएको बताएका छन् । उनका सरकारी वकिलले बङ्गलादेशी कानूनअनुसार मानवताविरुद्धको अपराधका विभिन्न आरोप अस्वीकार गरेको बताएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *