काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले कुशे औँसीको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जाल मार्फत सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा व्यक्त गर्दै बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आज बिहानै बुबासँग आशीर्वाद लिएको समेत फेसबुक मार्फत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतिकात्मकको दिन रहेको बताएका छन् ।
बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसीअर्थात् कुशे औँसीमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।
