Siddarth bankविज्ञापन
मुख्य समाचार

ट्रम्पले मोदीलाई दिए जन्मदिनको शुभकामना

ट्रम्पले मोदीलाई दिए जन्मदिनको शुभकामना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ७४ औं जन्मदिनको शुभकामना दिएका छन् । 

कुराकानीमा मोदीले भारत–अमेरिका साझेदारीलाई नयाँ उचाइमा पर्‍याउने प्रतिबद्धता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुबीचको यो वार्ता भारतमाथि अमेरिकाले ३५प्रतिशत अतिरिक्त कर लगाएपछि भएको पहिलो उच्चस्तरीय वार्ता हो । 

गत अगस्टमा अमेरिकाले रूसबाट तेल खरिद गरेको भन्दै भारतका सामानमा ३५ प्रतिशत कर थपेको थियो । त्यसपछि दुई देशबीचको सम्बन्धमा तिक्तता आएको छ । यद्यपि, मंगलबार अमेरिकी प्रतिनिधि ब्रेन्डन लिंच र भारतीय अधिकारी राजेश अग्रवालबीच द्विपक्षीय व्यापार सम्झौताबारे करिब तीन घण्टा छलफल भएको छ । 

दुबै पक्षले वार्तालाई ‘सकारात्मक’ भनेका छन् र आगामी बैठक भर्चुअल मोडमा हुने बताइएको छ । रूसबाट तेल खरिद बन्द गर्ने, चीनसँगको दूरी बढाउने र अमेरिका तथा डलरप्रति स्पष्ट समर्थन गर्ने  अन्यथा भारतले अतिरिक्त कर तिर्नुपर्ने अमेरिकी उद्योग मन्त्रीले चेतावनी दिएका छन् । 

आज सेप्टेम्बर १७ प्रधानमन्त्री मोदीको ७५ औं जन्मदिन हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *