दीपक चालिसे। फ्रान्स गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको राष्ट्रिय समन्वय परिषदको ११ औ रास्ट्रिय अधिबेशन फ्रान्सको राजधानी पेरिसमा को सम्पन्न भएको छ ।
आईतबार सम्पन्न अधिबेशनले यस अघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका दिलिप गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । अधिबेशनमा गैर आवासीय नेपाली संघ फ्रान्समा ७६२ सदस्य रहेकोमा उपस्थित ५७९ जनाले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेका हुन् । नवनिर्वाचत अध्यक्ष गुरुङले फ्रान्समा रहेका नेपालीहरुलाई एकताबद्ध बनाएर लैजाने बताए ।गत जुलाइमा १८३ जनाको समर्थनमा मीन श्रेष्ठको अध्यक्षतामा बनेको कार्यसमितिप्रति असन्तुष्टि जनाउँदै ५७९ जनाको समर्थन सहित गुरुङ अध्यक्ष चुनिएका हुन् । गुरुङको अध्यक्ष्तामा बनेको कार्यसमिति नै बैधानिक भएको फ्रान्समा रहेका नेपालीहरुको भनाई छ । गुरुङको अध्यक्षतामा बनेको नयाँ कार्यसमिति १५ सदस्यीय रहेको छ । अधिबेशनमा एनआर एनए फ्रान्सका पूर्व अध्यक्ष गिता खनाल, नेपाली एकता समाजका अध्यक्ष जिता कटुवाल, एन आरएनए फ्रान्सका आइसिसी मेम्बर अमर भण्डारी, नेपाली जन सम्पर्क समितिका सभापति सुधिर राना लगायतले फुट र बेमेल नगरी बिदेशमा रहेका नेपालीहरु एकताबद्ध भएर अछि बढ्नु पर्नेमा जोड दिएका थिए ।
अधिबेशनमा महासचिव महेन्द्र अधिकारीले आफ्नो कार्यकालमा गरेका कामहरुको प्रगती विवरण प्रस्तुत गरेका थिए । त्यसैगरी कोषाध्यक्ष टीका दत्त अधिकारीले खर्च र आम्दानीको विवरण प्रस्तुत गरेका थिए । गुरुङको अध्यक्षमा गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा महेन्द्र अधिकारी,उपाध्यक्षमा सरोज अधिकारी, महिला उपाध्यक्षाम बिष्णु कुमारी तिम्सिना,अन्तरास्ट्रिय समन्वय सदस्यमा शिवराम भण्डारी,महासचिवमा राजेन्द्र कुमार श्रेष्ठ, कोषाध्यक्षमा समिक्षा थापा,सचिवमा जित कुमार विश्वकर्मा चयन भएका छन् । यसैगरी महिला सदस्यमा किरण चालिसे चयन भएकी छन् । अन्य सदस्यहरुमा बिष्णुहरी दवाडी, दिपेन्द्र लामा,मनोज गुरुङ र खेल्कुद संयोजक रमेश क्षेत्री चयन भएका छन् । यससँगै एनआरएनए फ्रान्स विभाजित बन्न पुगेको छ ।
उक्त कार्यक्रमको उद्घाटन कार्यक्रम को समुद्घाटन एनआरएनएका सस्थापक हरिहर अर्यालबाट दिप प्रज्वलन गरि भएको थियो भने कार्यक्रमको शुरुमा नेपाल तथा फ्रान्स को रास्ट्रीयगान गायन बाट शुरु गरियको थियो ।