समाज

गुल्मीको रुरुक्षेत्र दुध उत्पादनको लागि मुख्य पकेट क्षेत्रको रुपमा स्थापित हुँदै

गुल्मीको रुरुक्षेत्र दुध उत्पादनको लागि मुख्य पकेट क्षेत्रको रुपमा स्थापित हुँदै

गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –५ बम्घा जिल्लामा दुध उत्पादनको लागि मुख्य पकेट क्षेत्रको रुपमा स्थापित हुँदै गएको छ । 

बम्घाका किसानहरु पशुपालन गरेर व्यावसासायिक रुपमा दुध उत्पादन गर्दै आईरहेका हुन् । किसानहरुले आफुले उत्पादन गरेको दुध बिक्री गरेर लाखौ रुपैयाँ आम्दानी गरिरहेका छन । यहाँका कतिपय किसानहरुले दुध बिक्री गरेर मासिक ८० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । 

बम्घाका स्थानीय अगुवा किसान बाबुराम श्रेष्ठले सहकारीमा दैनिक रुपमा ९० लिटर दुध बिक्री गर्दै आईरहेका छन् । बम्घा गाउँमा दैनिक १४ सय लिटर भन्दा धेरै दुध सङ्कलन हुने गर्दछ । २०६५ सालमा मालिका गाईपालन समुह मार्फत दुध सङ्कलन गर्न शुरु गरेका किसानहरुले वहुउद्देश्यीय सहकारी समेत दर्ता गरेका छन् । 

सहकारी मार्फत जोडिएर एक सय १९ जना किसानहरुले अहिले व्यावसायिक रुपमा दुधको कारोवार गर्दै आईरहेका छन् । सहकारीबाट सङ्कलन गरेको दुध अहिले स्थानीय इश्वर डेरी मार्फत जिल्ला सदरमुकामदेखि जिल्लाका मुख्य बजार क्षेत्रहरुमा बिक्री हुने गरेको छ । 

सहकारीले मासिक रुपमा ३० लाख रुपैयाँसम्म दुधको कारोबार गरिरहेको छ । बम्घामा अहिले एक सय ६० जति गाई र २० वटा भैँसी रहेका छन् । सहकारीबाट अहिले पाँच वटा व्यावसायिक फर्म र ८५ प्रतिशत व्यक्तिहरुले घरघरमै उत्पादन गरेको दुध सङ्कलन भैरहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *