मुख्य समाचार

सरकारकाे चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

सरकारकाे चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा

काठमाडौ। जेन–जी आन्दोलनबाट देशमा उत्पन्न विषम परिस्थितिका बाबजुद पनि सरकारले चाडबाड लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्त रूपमा आजदेखि दैनिक उपभोग्य वस्तुका सुपथ मूल्य पसल सञ्चालनमा आएका हुन ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत भदौ पहिलो साता विगत वर्षजस्तै यस वर्ष पनि दशैँ तिहार र छठ लक्षित सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलमा नुन, चामल, तेलदेखि खसीबोकासम्म छुटको व्यवस्था गरिएको छ । सबै प्रकारका चामल, गहुँ, दाल र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ भने खाने तेल, आँटा, पिठो र मैदामा प्रतिकेजी सात रुपैयाँ छुट हुनेछ । खाद्यले ४५ जिल्लाका एक सय ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । साल्ट ट्रेडिङले देशभरि न्यूनतम ४० बिक्रीस्थलबाट सेवा दिने जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष दशैँका लागि दुई हजार खसीबोका र च्याङ्गा बिक्री गर्ने निर्णय गर्दै खसीबोकाका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो । तर, जेन–जी आन्दोलनका कारण खसीबोका च्याङ्ग्राको व्यवस्थापन प्रभावित भएको कम्पनीले जनाएको छ ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *