चितवन । काममा लगनशीलता र निरन्तरता भए सफल भइन्छ भन्ने भनाइलाई व्यवहारमा उतारेर चितवनको भरतपुरका पुष्प व्यवसायी शुलभ श्रेष्ठले प्रस्तुत गरेका छन् ।
फरक प्रकृतिको व्यवसाय भए पनि सबैको जीवनका विशेष क्षणमा आवश्यक हुने फूलको व्यापारमा उनले सफलता हासिल गरेका हुन् । पिताले शुुरु गरेको फूल तथा नर्सरी खेतीलाई श्रेष्ठले व्यवस्थित रूपमा व्यवसायमा रूपान्तरण गरेपनि उनले यो व्यवसायबाट राम्रो आम्दानी गरिरहेका छन् ।
श्रेष्ठले हाल नर्सरीसँगै फूलको व्यवसायिक खेती तथा बिक्री केन्द्रहरू सञ्चालन गर्दै आएका छन । भरतपुरमा उनका दुईवटा बिक्री केन्द्र छन् भने चितवनकै खैरहनी नगरपालिका, पर्सामा अर्को बिक्री केन्द्र सञ्चालनमा रहेको छ ।
ती केन्द्रहरूबाट मण्डप सजावटका लागि आवश्यक फूलहरू, फूलका मालाहरू, बुके तथा घर सजावटका लागि आवश्यक इनडोर प्लान्टहरू बिक्री हुँदै आएका छन् ।