प्रदेश

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा.पौडेललाई शपथ ग्रहण गराएका हुन् । 

मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले गभर्नर चयनका लागि  उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा  तीन सदस्यीय समिति गठन गरेको थियो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *