समाज

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा गाईजात्रा यसरी मनाय

पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा गाईजात्रा यसरी मनाय

काठमाडौं । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा गाईजात्राका अबसरमा प्रहसन, बासा, रामायण, काम्ले गाई प्रदर्शन गरिएको छ ।                                                                                                 

तानसेन बजार र ग्रामीण भेगमा गाईजात्राका अवसरमा प्रहसनका साथै तायमचा नाचको रौनक समेत देखिएको छ । तानसेन, बराङ्गदी, बन्दीपोखरा, काजीपौवा, भुसालडाडा सक्कली गाई र गाईको स्वरुप बनाएर रमाईलो गर्दै जात्रा निकालिएको हो ।                                                                                         

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । 

तानसेनको भैरवस्थान, खस्यौली, ताहुँ जब्गादी, सिलुवा, हुमीन, रामपुरमा भने नेवारी समुदायले तायमचा निकालेर पुजाआजा गर्नुका साथै नाच देखाएका हुन्। ग्रामीण भेगमा प्रहसन र बाजा बजाएर नाचगानसमेत गरेका छन् ।  

नेवारी परम्परा अनुसार एक वर्ष भित्र मृत्यू भएका परिवारबाट गाइजात्रा निकाल्छन् । कम्वललाई गाईको स्वरुप बनाएर बजार डुलाउने चलन हराउँंदै गएको छ ।

खर्च बढी लाग्ने भएकाले निकाल्न कमी भएको हो । तानसेनमा जनैपुर्णिमाको दिनदेखि नै जात्रा सुरु हुन्छ ।

नौ दिनसम्म मनाइने जात्रा चुईकी फिराईबाट सुरु हुन्छ । तानसेनमा काठमाण्डौपछि सबै भन्दा बढी जात्रा मनाईन्छ ।

तानसेनमा गाइजात्राबाट सुरु भएर कृष्ण नवमीको दिन भगवती जात्रा निकालेपछि मात्र समापन हुन्छ । तानसेनमा गाईजात्राको भोलिपल्ट रोपाईजात्रा निकालिन्छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *