Siddarth bankविज्ञापन
समाज

जी.एस.आई. प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा सांसदद्वारा प्रधानमन्त्रीको जवाफ माग

जी.एस.आई. प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा सांसदद्वारा प्रधानमन्त्रीको जवाफ माग

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषयमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले जवाफ दिनुपर्ने माग गरेका छन् । 

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले जीएसआई प्रस्तावमा नेपालका बिषयमा प्रष्ट हुन जरुरी रहेकोले प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेको हुन् । सांसदहरुले चीनको सैन्य परेडमा प्रधानमन्त्रीको सहभागिताले नेपालले लिदै आएको पञ्चशिलको सिद्धान्त विपरित रहेको भन्दै प्रश्न समेत उठाए । 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले भिजिट भिसा प्रकरणमा आफ्ना माग सुनुवाई नभएको भन्दै आन्दोलन जारी रहेको बताए । उनीहरुले बेथिति बिरुद्ध बोल्नेलाई जेल हाल्ने काम भएको भन्दै आपत्ति समेत जनाए । 
 
आफ्ना सांसदले बोलेपछि रास्वपा र राप्रपाका सांसदहरुले आज पनि संसद बैठक बहिष्कार गरेका थिए । भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले निरन्तर सदनमा विरोध जनाउँदै आएका छन् ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *