समाज

बागलुङको ताराखोलामा स्याउ खेतीको परिक्षण सफल

बागलुङको ताराखोलामा स्याउ खेतीको परिक्षण सफल

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकामा स्याउ खेतीको परिक्षण सफल भएको छ । 

ताराखोला गाउँपालिका–५ ठूलो हिलेको विभिन्न ठाउँमा परिक्षणका लागि उच्च घनत्वको स्वाउको बिरुवा रोपिएको थियो । दुई वर्षअघि रोपेको स्याउका बिरुवामा यसपाली देखि फल लाग्न थालेको हो । 

ताराखोला गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा समुन्द्रि सतहदेखि एक सय ८० वटा बिरुवा रोपिएको थियो । रोटा, फुजि र रेड डेलिसियस जातका स्याउका बिरुवामा फल लागेको छ । यसपाली करिब चार सय किलोग्राम स्याउ फलेको छ ।

ताराखोलामा यसअघि स्याउ खेती भएको थिएन् । मनाङ, मुस्ताङका ठूलोहिले जत्तिकै उचाईमा स्याउ खेती भएको देखेपछि परिक्षणको लागि बिरुवा ल्याएर रोपिएको हो । पूर्ण रुपमा स्याउ पाकेपछि गुणस्तर र स्वाद पहिचान गर्ने तयारी छ । 

स्वाद परिक्षण गर्दा उपयुक्त देखिएमा यस वर्ष थप बगैचा विस्तार गर्ने गाउँपालिकाको योजना छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *