Siddarth bankविज्ञापन
मुख्य समाचार

प्रधानमन्त्रीकी पत्नी सीताको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रधानमन्त्रीकी पत्नी सीताको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो । सीताको पार्थिव शरीरमा प्रधानमन्त्री तथा दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिएका हुन्  । अन्त्येष्टि अघि दाहालको पार्थिब शरीरमा विभिन्न दलका नेता, कुटनीतिक निकायका कर्मचारी, शुभेच्छुक र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका थिए । त्यसअघि दाहालको शवलाई श्रद्धाञ्जलीका लागि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो । बुधवार बिहान ८ः३३ बजे दाहालको उपचारका क्रममा नर्भिक अस्पतालमा ६९ बर्षको उमेरमा निधन भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी पीएसपी बाट पीडित दाहाल लामो समयदेखि बिरामी थिइन । प्रोगेसिभ सुप्रान्यूक्लियर पाल्सी, पार्किन्सन, डाबिटिज, हाइपरटेन्सलगायतको रोगका कारण उनको निधन भएको नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अमेरिका, भारत र सिंगापुरमा उपचार गर्दा पनि दाहालको रोग निको हुन सकेको थिएन । दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत थिइन । 
यसैबीच, नेकपा माआवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी एंव पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै कार्यालयमा दुई दिन पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।  पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *