Siddarth bankविज्ञापन
मुख्य समाचार

भारतको हिमाञ्चलमा पहिरोमा परि १० वटा घरमा पूर्ण क्षति

भारतको हिमाञ्चलमा पहिरोमा परि १० वटा घरमा पूर्ण क्षति

एजेन्सी । भारतको हिमाञ्चलमा वर्षाका कारण आएको पहिरोमा परि १० वटा कच्चा घर भत्किएका छन । 

हिमाञ्चल प्रदेशमा कांगडा जिल्लामा १० घर पूर्ण रूपमा ध्वस्त भएको हो भने ५० घरमा क्षति पुगेको छ । अत्यधिक बर्षाका कारण देहरादून मार्ग विभिन्न स्थानमा भत्किएकाले मसुरीमा २५ सय बढी भन्दा बढी पर्यटक फसेका छन् । 

भारतीय सञ्चार माध्यमका अनुसार देहरादून मार्गका विभिन्न सडक भासिएकाले मसुरीमा २५ सय भन्दा बढी पर्यटक फसेका हुन् । यस वर्षको मनसुन शुरु भएदेखि हिमाञ्चल प्रदेशमा मात्रै ४ सय १७ जनाको मृत्यु भइसकेको छ भने ४५ जना हराइरहेका छन् । 

त्यसैगरी १५ सय बढी घर ध्वस्त भइसकेका छन् । यसैबीच हिमाञ्चल सरकारले साना सवारी साधनका लागि कोल्हुखेतमा वैकल्पिक बेली पुल निर्माण गरिरहेको छ । यद्दपी निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्ने बताइ्रएको छ । 

हिमाञ्चलको मौसम विभागका अनुसार १९ सेप्टेम्बरसम्म दार्जिलिङ, कलिम्पोङ, जलपाइगुडी, कोचबिहार र अलीपुरद्वारमा वर्षा हुने अनुमान गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *