मुख्य समाचार

२ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालनमा

२ अर्ब लगानीमा फ्रेन्च फ्राई उद्योग फर्स्ट च्वाईस फुड सञ्चालनमा

काठमाडौं । रुपन्देहीमा २ अर्ब रुपैयाँको लगानीमा फ्रेन्च फ्राई उद्योग फस्र्ट च्वाईस फुड सञ्चालनमा आएको छ ।

फस्र्ट च्वाइस फुड प्रा.लि. एफ.सी.एफ.ले नेपाली किसानहरूले उत्पादन गरेको आलु फ्रेन्च फ्राई बनाएर भारत लगायतका देशमा निर्यात गर्न शुुरु गरेको छ ।  

दश जिल्लाको किसानहरूले उत्पादन गरेको आलु फ्रेन्च फ्राई बनाएर उद्योगले भारत निर्यात गरिरहेको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच चिप्स बिक्री शुभारम्भ गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालमा निर्यातजन्य उद्योग स्थापना हुनु खुसीको कुरा भएको बताए । 
 
उद्योगले किसानको पौरख, हाम्रो गौरव’ भन्ने नारासहित फ्रेन्च फ्राई उत्पादन तथा बिक्रीवितरण थालेको हो । फ्रेन्च फ्राई बनाएर निर्यात गरिरहँदा नेपाली उत्पादनलाई धेरै कानूनी अफ्ठ्यारा झेल्नुपरेको फस्र्ट च्वाइस फुड प्रा.लि.का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।

उद्योगले देशभरका किसानबाट २ हजार मेट्रिक टन आलु ल्याएर फ्रेन्च फ्राई बनाएको जनाएको छ । करिब अर्ब रुपैयाँभन्दा बढी लागत भएको कम्पनीले धेरैलाई रोजगारी छ । एफ.सी.एफ.ले सगिता, इनोभेसन र क्विनटिरा ताजका आलुबाट फ्रेन्चफ्राइ बनाउदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *