एजेन्सी । फ्रेडरिख मर्ज जर्मनीको दशौँ सङ्घीय प्रमुख चान्सलरको रूपमा निर्वाचित भएका छन् ।
संसदमा भएको दोस्रो चरणको मतदानमा उनी ३ सय २५ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् । पहिलो चरणमा मर्जले ३ सय १६ मत आवश्यक पर्दा ३ सय १० मत मात्र प्राप्त गरेका थिए । ६९ वर्षका मर्ज जर्मनीको चान्सलर बन्ने अहिलेसम्मकै बढि उमेरका व्यक्ति हुन् ।
नयाँ नेतृत्वबाट दीर्घकालीन राजनीतिक अन्योलको अन्त्य हुने, आर्थिक नीतिमा स्पष्टता आउने, कर प्रणालीमा सुधार तथा भौतिक पूर्वाधारको सुदृढीकरण मार्फत आर्थिक वृद्धि हुने अपेक्षा गरिएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नव निर्वाचित संघीय प्रमुखलाई बधाई ज्ञापन गर्दै, युरोपसँगको साझेदारीमा जर्मनीको भूमिका अझ सशक्त हुने विश्वास व्यक्त गरेका छन् । जर्मनी बेलायतपछि युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने राष्ट्र हो ।