मुख्य समाचार

धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला

धरानस्थित भाटभटेनीमा जलेको अवस्थामा शव फेला

काठमाडौ । सुनसरीको धरान उपमहानगरपालिका १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा भएको भीषण आगलागीपछिको खोजी अभियानमा एक जनाको जलेर खरानी भएको अवस्थामा शव फेला परेको छ । आगो पूर्णरूपमा नियन्त्रणमा आएपछि जनप्रतिनिधि र सुरक्षाकर्मीको टोलीले खोजी गर्दा दोस्रो तलामा शव भेटिएको हो । प्रहरी टोलीले उक्त अवशेष संकलन गरी पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । आगो नियन्त्रणका लागि दमकलले अझै प्रयास गरिरहेको छ । 
मंगलबार रातिको तोडफोड र लुटपाटका क्रममा कम्तीमा तीन जना व्यक्तिहरू भाटभटेनीभित्र फसेका थिए भन्ने आशंका गरिएको छ । उनीहरूका आफन्तजनहरूले विभिन्न निकायमा अनौपचारिक रूपमा जानकारी गराउँदै आएका छन् । जेनजी आन्दोलनको फाइदा उठाउँदै अराजक तत्वले आगजनी गरेको जनप्रतिनिधिहरुको बुझाई छ । 
व्यक्तिका सम्पत्तिमाथि आगो लगाउने, तोडफोड गर्ने काम जेनजीको आन्दोलन छेड्ने युवाहरुको नभई घुसपैठ भएको आंकलन प्रशासनले पनि गरेको छ । आगलागी भएको तीन दिनपछि मात्र बिहीबार साँझ आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो । तर, आज बिहान निरीक्षणका क्रममा चौथो तलाबाट पुनः धुवा देखिएपछि दमकल परिचालन गरिएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *