समाज

कैलालीमा नदीमा डुबेर बेपत्ता भएका ४ जनाको शव फेला

कैलालीमा नदीमा डुबेर बेपत्ता भएका ४ जनाको शव फेला

 

कैलाली । कैलालीमा नदीमा डुबेर बेपत्ता भएका ४ जनाको शव फेला परेको छ ।  

गोदावरी नगरपालिका– ९ सेहेरीस्थित खुटिया नदीमा डुबेर बेपत्ता भएका ४ जना किशोरको शव फेला परेको प्रहरीले जनाएको हो । 

बिहीवार दिउँसो नदीमा नुहाउने क्रममा धनगढी उपमहानगरपालिकाका– ५ का १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय प्रतिक चौधरी तथा धनगढी– ४ का १६ वर्षीय जेव भण्डारी र १७ वर्षीय जाबेज भण्डारी बेपत्ता भएका थिए । 

सात जना किशोर सेहेरीको झोलुङ्गे पुल नजिक पौडी खेल्न गएकोमा तीन जनाको सकुशल उद्धार गरिएको थियो । डुबेको खबर पाउना साथ मालाखेती र स्याउलेबाट खटिएको प्रहरी टोलीले उनीहरुको खोजी गर्न थालेको थियो । 

घटनास्थल नजिकै नदीमै चारै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । फेला परेका चार वटै शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *