समाज

कैलाली कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कैलाली कारागार घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन

कैलाली । कैलाली कारागार झडप घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । 

समितिमा समितिमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंह र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेका छन् । छानबिन समितिले १० दिन भित्र आवश्यक छानबिन गरी प्रतिवेदन पेस गर्ने जनाएको छ । 

कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको थियो । दुइ पक्षबीच कुटपिट हुँदा ४७ जना घाइते भएको प्रहरीले जनाएको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच एक आपसमा विवाद हुँदा कुटाकुटको स्थिति सृजना भएको प्रहरीले जनाएको छ । 

उनीहरुले ए र बि ब्लकको बीचको दिवाल भत्काएर कुटाकुट गरेको प्रहरीले जानकारी दिएको छ । विगत केही समयदेखि यी दुई समुहबीच विवाद भइरहेको र शुक्रबार राति करिब १२ बजे दुई समूहबिच झडप भएको हो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *